नेप्से परिसूचक झिनो अंकले घट्यो, शेयर कारोबारमा नयाँ रेकर्ड

नेप्से परिसूचक झिनो अंकले घट्यो, शेयर कारोबारमा नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर कारोबारमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । बिहीबार चार करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन् । यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो । कारोबार रकमले नयाँ रेकर्ड बनाएको दिन नेप्से भने सामान्य घटेको छ ।

नेप्से परिसूचक एक दशमलव २० अङ्कले घटेर २८ सय १५ दशमलव ४० विन्दुमा पुगेको छ । सबैजसो लघुवित्त कम्पनीको शेयर घटेको छ । लघुवित्त समूहको शेयर घटे पनि जलविद्युत् समूहको शेयर भने उकालो लागेको छ ।

२० वटा जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्श, कालिका पावर कम्पनी, अरुण काबेली पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

त्यस्तैगरि, आज अपि पावर कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, राधी विद्युत कम्पनी, शिव श्री हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, सानीमामाई हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, बुटवल पावर कम्पनी, युनियन हाइड्रोपावर लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, युनिभर्सल पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनी र माउन्टेन हाइड्रो नेपालको शेयरमूल्यमा उच्च बृद्धि आएको छ ।