धितोपत्र बोर्डको सूचनापछि नेप्से परिसूचक ओह्रालो लाग्यो

धितोपत्र बोर्डको सूचनापछि नेप्से परिसूचक ओह्रालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आज पनि सामान्य घटेको छ । नेप्से आज १ दशमलव २९ अङ्कले घटेर दुई हजार नौ सय ६८ दशमलव ४३ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । हिजो ५२ अङ्कभन्दा धेरैले घटेको थियो ।

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेसँगै शेयर बजारमा कारोबार ह्वात्तै घट्न थालेको छ । आज नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि घटेको छ ।

आज १० अर्ब ९० करोड रुपैयाँ बराबरका दुई करोड तीन लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ । हिजो १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको दुई करोड ८२ लाख कित्ता शेयर कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा खानिखोला हाइड्रोपावर कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज सीइडीबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।