काठमाण्डु — शेयर बजार मापक परिसूचक नेप्से आज ७९.४३ अंकले उकालो लागेको छ ।
पाँच दिनयता निरन्तर ओरालो लागेको नेप्से आज ७९.४३ अंकले बढेको हो । उक्त अंकको वृद्धिसँगै नेप्से परिसूचक २ हजार ९ सय १३.८४ विन्दुमा कायम भएको छ ।
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमपूर्ण भन्दै सूची सार्वजनिक गरेपछि लगातार घटेको शेयर बजार आज बढेको हो ।
परिसूचक भारी अंकले उकालो लागेपनि कारोबार रकम भने उल्लेख्य छैन् । आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार कित्ता शेयर खरीदबिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज जानकी फाइनान्स, वरुण हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी, नाग्दी ग्रुप पावर र पञ्चकन्यामाई हाइड्रोपावरमा सकारात्मक सर्किट लाग्यो । आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ ।




प्रतिक्रिया