काठमाण्डु – शेयर बजार नेप्से परिसुचक आज २७ अङ्कभन्दा धेरैले उकालो लागेको छ । नेप्से आज २७.३८ अङ्कले उकालो लागेर दुई हजार आठ सय ७०.३८ अङ्कमा कायम भएको छ ।
आज हाइड्रोपावर समूहको शेयर ७६ दशमलव १ अङ्कले, व्यापारको ४७ दशमलव २ अङ्कले, बैंकिङ समूहको ३८ दशमलव २६ अङ्कले बढेको छ । विकास बैंक समूहको शेयर भने झन्डै ६० अङ्कले घटेको छ ।
आज दुई सय २७ कम्पनीका दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता शेयर सात अर्ब १६ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ ।
आज नेपाल हाइड्रो पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बाराबरको शेयर कारोबार भएको छ ।




प्रतिक्रिया