शेयर बजारमा पहिरोः नेप्से परिसूचक ८ अंकले घट्यो

शेयर बजारमा पहिरोः नेप्से परिसूचक ८ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — साताको पहिलो दिन आज नेप्से परिसूचक ८ अंकले ओरालो लागेको छ ।

साताको पहिलो दिन नेप्से ४८ अंकले आरालो लागेपछि २,८३४.५१ अंकमा झरेको हो । आज २ सय २४ कम्पनीहरुले ५ अर्ब ५ करोड ३५ लाख ८ हजार २ सय ५७ रुपैँया बराबरको कारोबार गरेका छन् ।

त्यस्तै १ करोड ८४ लाख ४२ हजार २ सय २१ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, आज ६० हजार १ सय ७५ पटक कारोबार भएको छ ।

आज होटल तथा पर्यटन क्षेत्र,अन्य तथा म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहहरुको कारोबारमा गिरावट आएको छ ।

आज सबैभन्दा बढी फाइनान्स कम्पनीहरुको कारोबार १.७६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त वित्तीय संस्थाको ०.५ प्रतिशतले गिरावट आएको छ ।