काठमाण्डु – सेयर बजार आज उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७३.३३ अंकले उकालो लागेर २ हजार ८९८.४३ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । आज बैकिङ समूहको शेयर ४५ अङ्कले वृद्धि भएको छ भने विकास बैंक समूहको तीन सय ५५, व्यापारको ५७, होटलको ७१ ले बढेको छ ।
यस्तै जलविद्युतको ७६ र उत्पादन समूहको शेयर ९३ अङ्कले,फाइनान्स समूहको एक सय ८१, माइक्रोफाइनान्सको एक सय ३२, जीवन बीमा समूहको चार सय ९८, निर्जीवन बीमा समूहको तीन सय ५५, अन्यको नौ र लगानी समूहको शेयर साढे दुई अङ्कले उकालो लागेको छ ।
आज दुई सय २५ कम्पनीका तीन करोड १५ लाख कित्ता शेयर आठ अर्ब ६ करोड रुपैयाँमा कारोबार भएका छन् ।




प्रतिक्रिया