शेयर बजारमा हरियाली, नेप्से परिसूचक १६ अंकले बढ्यो

शेयर बजारमा हरियाली, नेप्से परिसूचक १६ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेयर कारोबार मापम नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १६.३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ ।

आज नेप्सेमा ५ अर्ब ५४ करोड ६३ लाख बराबरको कारोबार भएको छ । आज सानिमा लार्ज क्याम्प फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

आज नेपाल बंगलादेश बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बंगालादेश बैंकले आज ४५ करोड भन्दा बढीको कारोबार गरेको छ ।