काठमाण्डु — नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १.०१ अंकले उकालो लागेर २८७२.०५ विन्दुमा कायम भएको छ ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१४ अंकले ओरालो लागेर ५३९.३८ विन्दुमा झरेको छ ।
नेप्सेमा आज कूल पाँच अर्ब ६५ करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कूल २१४ वटा कम्पनीका चार करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर ५० हजार ५९१ पटक खरिद—बिक्री भएका थिए ।
आज हिमालयन पावर पार्टनर कम्पनीको शेयर आठ प्रतिशतले उकालो लागेको छ । नबिल ब्यालेन्स फण्ड—२ का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता २.८३ प्रतिशतका दरले गुमाएका छन् ।




प्रतिक्रिया