हङकङमा प्रजातन्त्र पक्षधरको विजयपछि सेयर बजार उकालो लाग्यो

हङकङमा प्रजातन्त्र पक्षधरको विजयपछि सेयर बजार उकालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ – सोमबार मध्यान्ह् अधिकांश एसियाली सेयर बजार उकालो लागेका छन् । महिनौदेखिको अशान्तिपछि हङकङको जिल्ला परिषदको चुनावमा प्रजातन्त्र पक्षधर विजयी भएपछि सेयर बजार उकालो लागेको हो ।

हङकङको हाङ सेङ सूचक मध्यान्ह १.७६ प्रतिशतले उकालो लागेको हो ।

‘मलाई लाग्दैन कि कसैले पनि यस्तो अपेक्षा गरेका थिए,’ स्वतन्त्र विश्लेषक प्रासर होइले भने, ‘चुनावी नतिजाले राम्रो प्रभाव पारेको छ ।’

मध्यान्ह् मुख्यभूमि चीनको सेयर बजार मिस्रित देखिएको छ । सांघाइ कम्पोजिट ०.३५ प्रतिशतले उकालो लागेको छ ।

जापानको निकी–२२५ मध्यान्हको कारोबारमा ०.७४ प्रतिशतले वृद्धि भएको छ ।

दक्षिण कोरियाको कोश्पीमा पनि १.०५ प्रतिशतले वृद्धि भएको छ । सामसङ इलेक्ट्रोनिक्समा १ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ ।

यसैबीच अस्ट्रेलियाको सेयर बजार पनि उकालो लागेको छ । एस एन्ड पी÷एएसएक्स २००मा ०.४ प्रतिशतको वृद्धि भएको छ ।