नेप्से १५.३० अंकले वृद्धि, ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेप्से १५.३० अंकले वृद्धि, ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक १५.३० अंकले उकालो लागेर ३०९४.९५ को विन्दुमा पुगेको हो । यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो । हिजो मंगलबार नेप्से हालसम्मकै उच्च ३०७९.६५ विन्दुमा पुगेर कायम भएको थियो ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ अंकले उकालो लागेर ५७४.३२ को विन्दुमा पुगेको छ। कारोबार रकमसवा १३ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटा समूहको नेप्से ओरालो लागेको छ ।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ७.०९ प्रतिशतले उकालो लागेको छ । निर्जीवन बीमा समूह ३.०८ प्रतिशतले बढेको छ । त्यस्तै आज लगानी समूहमा २.८९ प्रतिशत, वित्त समूहमा २.६३ प्रतिशत, जीवन बीमा समूहमा २.४५ प्रतिशत, विकास बैंक समूहमा १.०१ प्रतिशत, लघुवित्त समूहमा ०.६७ प्रतिशत, अन्य समूहमा ०.९२ प्रतिशत र व्यापार समूहमा ०.३८ प्रतिशतको बढेको छ ।

जलविद्युत समूह सर्वाधिक १.४७ प्रतिशतले ओरालो लागेको छ । बैंकिङ समूह ०.८७ प्रतिशतले घटेको छ । आज उत्पादन तथा प्रशोधन समूहमा ०.५५ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५.४४ रुपैयाँमा किनबेच भएका छन् ।

जसमध्ये युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । नेसनल हाइड्रोपावरको ३६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३१ करोड ८८ लाख रुपैयाँ, अपी पावरको २९ करोड ५९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ९२ लाख रुपैयाँ, अरुण काबेली पावरको २६ करोड १ लाख रुपैयाँ, युनिभर्सल पावरको २५ करोड ८८ लाख रुपैयाँ, सिनर्जी पावरको २५ करोड ८५ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको २२ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ३ कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, मल्टीपर्पस फिनान्स र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो । त्यस्तै सोल्टी होटेल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ भने पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाएका छन् ।