काठमाण्डु – हप्ताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेकोे छ । आज नेप्से ०.६६ अंकले बढेर तीन हजार एक सय ८ दशमलब १३ विन्दुमा पुगेको छ ।
आज विकास बैंक समूहको शेयर ६६ अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूहको शेयर एक सय १५ अङ्कले, फाइनान्सको २२ र उत्पादन समूहको शेयर तीन अङ्कले बढेको छ । होटल, व्यापार, बीमा, माइक्रोफाइनान्स, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।
आज दुई सय २७ कम्पनीका दुई करोड ६९ लाख ३९ हजार कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् । त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ८ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सलव पावर कम्पनी र जीवन विकास लघुवित्तको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।
त्यसैगरि, आज युनियन लाइफ इन्स्योरेन्स, ङादी ग्रुप पावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र छ्याङिद हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यी कम्पनीको शेयरमूल्य आज करिब १० प्रतिशतले बढेको छ । आज एनआइसी एसिया डिभेञ्चरको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।




प्रतिक्रिया