सरकारको प्राथमिकतामा पुँजी बजार, साना लगानीकर्ताको पहुँच बढाइने

सरकारको प्राथमिकतामा पुँजी बजार, साना लगानीकर्ताको पहुँच बढाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पुँजीबजारलाई प्राथमिकतामा राखेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको आर्थिक स्वेतपत्रमा पुँजीबजारको विकासका लागि नीतिगत सुधार गर्ने उल्लेख छ ।

स्वेतपत्रमा पुँजी बजारमा सूचीकृत कम्पनीहरुमा वित्तीय संस्थाको संख्या अधिक रहेको तर, उत्पादन क्षेत्रका कम्पनीहरुको उपस्थिित न्यून रहेकाले पुँजी बजारमार्फत उत्पादनमूलक क्षेत्रको विकासका लागि पुँजी परिचालन गर्न आवश्यक संस्थागत तथा नीतिगत सुधारको खाँचो रहेको उल्लेख छ । त्यस्तै श्वेतपत्रमा पुँजी बजारमा स्वचालित प्रणाली प्रवद्र्धन गर्ने र साना लगानीकर्ताको पहुँच बढाउँदै लगानीकर्ताको हित संरक्षण गरी स्वस्थ बजार प्रणाली विकास गर्दै लानुपर्ने बुदा समावेश गरिएकाे छ  ।

‘पुँजी बजारमा सूचीकृत कम्पनीहरुमा वित्तीय संस्थाको संख्या अधिक रहेको छ भने उत्पादन क्षेत्रका कम्पनीहरुको उपस्थित न्यून रहेको छ । पुँजी बजारमार्फत उत्पादनमूलक क्षेत्रको विकासका लागि पुँजी परिचालन गर्न आवश्यक संस्थागत तथा नीतिगत सुधारको खाँचो रहेको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाई पुँजी बजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउनुपर्ने भएको छ । साथै पुँजी बजारमा स्वचालित प्रणाली प्रवद्र्धन गर्ने र साना लगानीकर्ताको पहुँच बढाउँदै लगानीकर्ताको हित संरक्षण गरी स्वस्थ बजार प्रणाली विकास गर्दै लानुपर्ने देखिन्छ ।’