काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४१ अङ्कले बढेर तीन हजार एक सय ७९ विन्दुमा पुगेको छ ।
आज बैंकिङ समूहको शेयर नौ अङ्कले बढेको छ । यस्तै विकास बैंकको तीन सय ४४ अङ्कले, फाइनान्सको ३२ अङ्कले, उत्पादनको ९९, जीवन बीमाको ३१ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ ।
जलविद्युत्, होटल, व्यापार, अन्य, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।
आज दुई सय २५ कम्पनीका तीन करोड ६६ लाख कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोसीको ६२ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।




प्रतिक्रिया