राष्ट्रबैंकको निर्णयले लघुवित्तका सेयर होल्डर विचलित हुनुपर्दैन :भिमप्रसाद तिमिल्सेना

राष्ट्रबैंकको निर्णयले लघुवित्तका सेयर होल्डर विचलित हुनुपर्दैन :भिमप्रसाद तिमिल्सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर बजारमा लगानी गर्न कडाई गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलवार सर्कुलर जारी गर्दै दोस्रो वजारमा लागनी गर्न कडाइ गरेको हो ।

केन्द्रीय बैंकको नयां सर्कुलरमा कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचिकृत भएको सेयरमा एक वर्षभन्दा कम समयका लागी लगानी गर्न नपाईने उल्लेख छ । तर, एक वर्षभन्दा बढी अवधीको लागी भने लगानी गर्न पाइने व्यवस्था छ ।

केन्द्रीय बैंकको सर्कुलपछि कतिपयले लघुवित्तको सेयर घट्नसक्ने भन्दै हल्ला फैलाइरहेका छन् । तर, आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडका संचालक भिमप्रसाद तिमिल्सेना भने राष्ट्रबैंकको निर्णयले विचलित हुन नपर्ने दावी गरेका छन् । उनले यस्तो निर्देशन पहिले नै आइसकेको र पछि सच्याइएकोले घटाउने प्रपन्च हुनसक्ने आशंका गरे ।

रास्ट्र बैंकको निर्देशनवाट लघुवित्त कम्पनीका सेयर होल्डर यसकारण विचलित हुनु पर्दैन भन्दै तिमिल्सेनाले सात वटा सुझाव दिएका छन् ।

१. यसअघि नि यस्तो निर्देशन आइसकेको र पछि सच्याइएको त्यसैले घटाउने प्रपन्च हुनसक्छ ।
२. बैंकहरुको प्राथमिक काम सेयर खरिदबिक्री गर्ने होइन र धेरै सेयर किनबेच गरेर बस्ने नि गर्दैनन् ।
३. बैंकसग लघुवित्तको सेयर कति छ भन्ने तथ्य कसैले प्रस्तुत गरेको छैन र धेरै छ भन्ने पनि लाग्दैन, नियमानुसार कोर क्यापिटलको १ प्रतिशत भन्दा बढी सेयरमा लगानी गर्न नि पाउदैनन ।
४. सेयर किन्ने म्युचुअल फण्डले हो नकि बैंकले, यति थोरै सप्लाई छ अरु धेरै क्षेत्रले लगानी गरेकै छन र आगामी दिनमा नि गर्नेछन ।
५. लघुवित्त तुलनात्मक बलियो र उच्च प्रतिफल दिइरहेका कम्पनी भएकोले लगानीकर्ताको आकर्षण कत्ती नि घट्नेवाला छैन, छोप लाग्दैन ।
६. सेयर बजारमा लाखौं नया लगानीकर्ता प्रवेश गरेको सन्दर्भमा संस्थागत लगानी नआउदैमा केही फरक पर्नेवाला छैन ।
७. सेयर विक्री गर्ने प्रशस्तै समय दिइएको तथा अन्य सेयरमा पनि दीर्घकालीन लगानी नीति लिइएकोले एकैचोटी ठूलो सप्लाई नहुने कारण अझै मूल बढ्ने संभावना आदि ।