काठमाण्डु– शेयर बजारमा हरियाली छाएको छ । असार मसान्त सकिनै लाग्दा बजार खुलेको पहिलो दिन आइतवार शेयर बजारमा हरियाली छाएको हो । आइतबार करिव ८ अर्व कारोबार भएकोमा सवै सुचकमा वृद्धि भएको छ ।
साताको पहिलो दिन नेप्से परिसूचक ७३.३३ अंक बढेर २८९८.४३ को विन्दुमा पुगेको छ । परिसूचक बढ्नुका साथै लगातार घटेको बजारमा आइतबार कारोबार रकममा समेत वृद्धि भएको हो । यसअघि औषतमा साढे ४ अर्बको कारोबार भएको बजारमा आज कारोवार रकम ८ अर्ब पुगेको हो ।
बजार क्लोजिंगको कारण गत साता आरोला लागेको थियो । बैंक तथा संस्थागत लगानीकर्ताहरुले नाफा बुकिंग गर्दा समेत बजार घटेको कतिपयको अनुमान थियो । तर, मौद्रिक नितीमा ठुलो परिवर्तन नआउने सुचना प्रवाह हुनु र ऋण लिएका लगानीकर्ताहरुले पनि ब्याजको जोहो गरेसंगै बजार उकालो लागेको हो । लगानीकर्ताहरुले सस्ता र राम्रा कम्पनीहरुको शेयर खरिद गरेसंगै बजार उकालो लागेको बताइएको छ ।
आजको बजार बढेसंगै नेप्से परिसूचक ३ हजारको बिन्दुमा पुग्ने र फेरी सानो करेक्सन आउने विश्लेषकहरुले बताएका छन् ।
वैंक तथा वित्तिय संस्थाहरुको चौथो त्रैमासको रिपोर्ट आउनै लाग्दा ठुला लगानीकर्ताहरु समेत बजारमा छिरेको अनुमान छ । धेरैले राम्रा कम्पनीहरुमा लगानी बढाइरहेकाले पनि बजार माथी नै जाने देखिन्छ । नेप्से उपसमूहमा रहेका १३ वटै समुहमा आइतवार हरियाली छाएको छ ।
आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको सर्वाधिक ३९ करोड ९६ लाख रुपैयां बढीको कारोबार भएको छ । त्यसैगरी नबिल बैंकको २५ करोड ८१ लाख, नेपाल बैंकको २४ करोड ४३ लाख रुपैयां, निफ्राको १८ करोड ७८ लाख रुपैयां र मञ्जुश्री फाइनान्सको १७ करोड ६७ लाख रुपैयाको कारोवार भएको छ ।
आज २२ वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ। गोर्खाज, श्री इन्भेस्टमेन्ट र आईसीएफसी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, समृद्धि फाइनान्स, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, हिमालय दोलखा हाइड्रोपावर, ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।




प्रतिक्रिया