सेयर बजारमा हरियाली, नेप्से ४०.६४ अंकले बढ्यो

सेयर बजारमा हरियाली, नेप्से ४०.६४ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । बजार मापन परिसूचक नेप्से ४०.६४ अंकले बढेर २५१५.०३ बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४७ अंकले बढेर ४५३.७५ बिन्दुमा पुगेर रोकिएको छ ।

आज सोमबार २ सय ९ कम्पनीको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८३१ रुपैयाँको सेयर किनबेच भएको छ ।

आज बजार बढेपनि कारोबार रकम भने घटेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक २६.८२, विकास बैंक ३८.२२, निर्जीबन बीमा १८३.८३, माइक्रोफाइनान्स ८१.४९, जीवन बीमा ३५९.१७, टे«डिङ ९७.३४ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्टक्चर बैंकको ४४ करोड ४८ लाख ५२ हजार ६४७ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा शिखर इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक रहेको छ । चन्द्रागिरी हिल्सको कारोबार ९.९० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण हाईड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैं एण्ड फाइनान्स, आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सिटिजन्स म्युचुअल फण्ड–२, ११ प्रतिशत एनआईसी ऋणपत्र–०८२÷८३, लक्ष्मी उन्नती कोष, एनआईबीएल समृद्धि फण्ड–१ का लगानीकर्ताले गुमाएका छन् ।