ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न तयार छु : प्रधानमन्त्री देउवा

ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न तयार छु : प्रधानमन्त्री देउवा


काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन् ।

आइतबार ज्यापु दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका हुन् ।

उनले भने, ‘नेपालको विभिन्न समुदायमध्ये ज्यापु समाज आफ्नै मौलिक संस्कृति, सम्पदा र पहिचान बनेको समाज हो। यो समाजले नेवार समुदाय भित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको छ। काठमाडौं उपत्यकाको कला, संस्कृति, सम्पदाको विकासमा ज्यापु समुदायको उल्लेख्य योगदान रहेको छ ।’