दुई वर्षकै न्युन बिन्दुमा झर्यो शेयर बजार, लगानीकर्ता हतोत्साहित


काठमाडौं- शेयर कारोवार दुई वर्षकै न्युन बिन्दुमा झरेको छ । सरकार गठन हुनेदेखि नै झर्दै आएको शेयर कारोवार आइतबार झरेर दुई वर्षकै न्यून विन्दूमा पुगेको हो ।

आइतबार विहान कारोवार शुरु भए देखिनै कारोबारमा लगातार गिरावट आउँदै नेप्से परिसूचक ४१ द्यशमलब ५६ अंकले घटेर १ हजार ३ सय ४ दशमलब ४३ विन्दुमा पुगेको छ । यो गिरावटले लगानीकर्ताको ४७ अर्ब रुपैयाँ हराएको छ ।

२०७२ साल फागुन २० गते  सेयर बजार १३०० अंकमा झरेको थियो ।

अघिल्लो हप्ता बुधबार ५४ करोड ३४ लाख ३१ हजार ५ सय ८३ रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार १ सय ५१ कम्पनीको ४८ करोड ३९ लाख ६७ हजार ५ सय ६ रुपैयाँ बराबरको सेयर कारोबारमा सिमित भएको छ ।

हिमालयन डिष्टीलरी, बिशाल बजार कम्पनी, गुराँस लाइफ, समीट माइक्रो लगायतका कम्पनीको धेरै शेयरमूल्य घटेको छ । आइतबार दुई कम्पनी सुर्योदय र स्वदेशी लघुवित्तको मात्र सेयर मूल्य बढेको छ ।

सरकार गठनपछि नयाँ अर्थमन्त्रीको नियुक्तिपछि शेयर बजारमा उकालो लाग्ने लगानीकर्ताको आशा निराशामा बद्लिएको छ ।

अर्थमन्त्रीमा नियूक्त भएकै दिनदेखि अर्थमन्त्री युवराज खतिवडाको अभिव्यक्तिले लगानीकर्ता सुरक्षित देखिएका छैनन् ।

बुधबार बीबीसी नेपाली सेवालाई दिएको एक अन्तर्वार्तामा अर्थमन्त्री खतिवडाले शेयर बजारलाई अनुत्पादक क्षेत्र बताएका थिए ।

उनले आफू गर्भनर भएदेखि नै शेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै यसको विरोध गर्दै आएका छन् ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव कम गर्न विदेशी पुँजीलाई प्रोत्साहन दिने र यसरी आएका पुँजी अब सेयर बजार, घरजग्गा तथा हायरपर्चेजमा नगरि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै आएका छन् ।

अर्थमन्त्रीको अभिव्यक्तिले अब यस क्षेत्रमा लगानी सुरक्षित महसुस नगरेर ठूला ठूला लगानीकर्ता बाहिरीएका कारण शेयर बजारमा लगातार गिरावट आएको हो ।

शेयर बजारमा आएको यो गिरावटले सानादेखि ठूला लगानीकर्ता हतोत्साहित भएका छन् ।

अर्थमन्त्रीमा नियूक्ति भएपछि मन्त्री खतिवडाले उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग भेट गरेका थिए । भेटमा उनले प्रतिनिधिलाई अनुत्पादक क्षेत्रमा लगानी बढ्न नदिने बताएका थिए ।

अर्थमन्त्रीको यस्तो अभिव्यत्तिपछि संघका पदाधिकारी असन्तुष्ट भएका छन् । उनीहरुले अर्थमन्त्रीको शेयरबजारप्रतिको लगातारको नकरात्मक टिप्पणीले पुँजी जुटाउने माध्यमलाई डबाउन खोजेको आरोप लगाएका छन् ।

नयाँ अर्थमन्त्रीको योजना र नीति शेयरबजार कारोबार विपरित हुने देखिएपछि लगानीकर्ताहरुले आफूलाई सुरक्षित बनाउन यस कारोबारबाटै बाहिरीन थालेका छन् ।

२०६५ सालमा पनि तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवा घर’को संज्ञा दिएपछि शेयर बजार ओरालो लागेको थियो ।

त्यसबेला ११७५ विन्दुमा पुगेको नेप्से २९२ अंकसम्म झरेको थियो ।

अहिले अर्थमन्त्रीको अनुत्पादक क्षेत्र भनि दिएको अभिव्यक्तिे तत्काल शेयर बजार उकालो लाग्ने सम्भावना कम देखिएको शेयर कारोवार विज्ञहरु बताउँछन् ।

तर अहिल्यै हतोत्साहित भएर कारोबारबाटै पाखा लाग्नुभन्दा केही धैर्य गरेर अगाडी बढ्नुपर्ने पनि जानकारहरुले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement