शहरी विकास र स्वास्थ्य मन्त्रालय लिएर उपेन्द्र यादवको पार्टी सरकारमा जाने


काठमाडौं – संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने भएको छ । नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच भएको आज सहमतिअनुसार सरकारमा सामेल हुन फोरमले सहमति जनाएको हो ।

आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सहमति भएको छ । शहरी विकास र स्वास्थ्य मन्त्रालय लिएर संघिय फोरमका अध्यक्ष उपेन्द्र यादवको पार्टी सरकारमा सहभागी हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement