कांग्रेस महामन्त्री शर्माको प्रश्न : देशको चिन्ता कसले गर्ने ?

कांग्रेस महामन्त्री शर्माको प्रश्न : देशको चिन्ता कसले गर्ने ?


पोखरा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन नसकिँदै सबै राजनीतिक दलले अर्काे चुनावको चिन्ता लिँदा देशको चिन्ता कसले लिने भन्दै प्रश्न गरेका छन् ।

पोखरामा जारी कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा महामन्त्री शर्माले सबैले चुनावको चिन्ता लिए पनि कांग्रेसले चुनावको चिन्ता लिन नहुने बताए ।

उनले भने, ‘एमालेले मिसन ८४ भन्दै हिँडेको छ । अन्य पार्टीले पनि मिसन ८४ भन्दैछ । हरेक दलले चुनावको चिन्ता गर्ने अनि देशको चिन्ता कसले गर्ने ? भन्ने नै हो भने १५ वर्षमा देशलाई यहाँ पुर्‍याउछु भन्ने हो ।’

महासमिति बैठक फागुन ७ गतेभन्दा पछि नसर्ने उनले बताए । उनले भने, ‘विभिन्न कारण महासमिति बैठक सरेको सर्‍यै छ । त्यसकारण पुनः सर्छ भन्ने आंशका सुनिँदै आएको छ । अब फागुन ७ गतेभन्दा पछि सर्दैन ।’