काठमाण्डु- प्रधान सेनापति प्रभुराम शर्माले द्रुत मार्गको काम द्रुत गतिमा अगाडि बढिरहेको बताएका छन् । बुधवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले उक्त जानकारी गराएका हुन्।
त्यस्तै उनले कोभिड १९, खोकनामा जग्गा खरिद प्रक्रिया हुन नसकेको लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भए पनि अहिले कामले गति लिएको जानकारी दिए । ८९ वटा पुलमध्ये ७२ वटा पुलको ठेक्का भैसकेको र बाँकी ठेक्का प्रक्रियामा रहेको उनको भनाइ छ ।




प्रतिक्रिया