कांग्रेसका पुराना गुट भत्काउनैपर्छ, सभापतिमा उम्मेदवार हुनसक्छु : महामन्त्री शर्मा

कांग्रेसका पुराना गुट भत्काउनैपर्छ, सभापतिमा उम्मेदवार हुनसक्छु : महामन्त्री शर्मा


झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पुराना र परम्परागत गुट भत्काउनैपर्ने बताएका छन् ।

गृहनगर झापाको धुलाबारीमा सोमबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले आफू वर्तमानमा स्वतन्त्र कांग्रेस रहेको दाबी गरे ।

उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा गर्न सक्ने उनले बताए । ‘प्रधानमन्त्रीमा गगन थापालाई अघि सारेर आफूले सभापतिमा प्रतिस्पर्धा गर्नु पनि पर्ने हुनसक्छ,’ उनले भने, ‘पूर्णबहादुर खड्का र शेखर कोइराला मध्ये १ जनालाई सभापति छाडेर उपसभापतिमा बस्नुपर्ने अवस्था पनि नहोला भन्न सकिन्न ।’

पार्टीभित्र झापामा अहिले मनोवैज्ञानिक एकता रहेको उनले बताए । उनले अनुभवका आधारमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको सांसद बनाएको बताए ।

महामन्त्री शर्माले संघीयताले समृद्ध नेपाल बनाउने ठोकुवा गरे । उनले भने, ‘संघीयता कांग्रेसले उठाएको मुद्दा नभई हृदयले स्वीकार गरेको विषय हो ।’