-शैलेन्द्र रोकाया
काठमाडौं – दक्षिण कोरियामा हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्षका उम्मेदबार ईश्वर रोकायाले रोजगारीका लागी नेपालबाट दक्षिण कोरियामा आउनु भएका श्रमिक साथीहरुको हितका लागी सधै प्रयत्नशिल रहने बताएका छन् ।
सातौं महाधिवेशन नजिकिँदै गर्दा उनले दक्षिण कोरियामा आपूु लगायत सम्पूर्ण नेपालीहरुले झेल्दै आइरहेका समस्याहरुका बारेमा आफु जानकार रहेको बताउदै श्रमिक हितका लागी जस्तो कठिनाई आएपनि आफु लागी पर्ने बताएका हुन् ।
पुख्यौली घर बझाङ , खप्तड छान्ना गाउँपालिका ३ सिल्कावाडा घर भएका रोकाया बिगत लामो समय देखि दक्षिण कोरियामा बस्दै आएका छन् । सानै उम्मेर देखि स्वयम्सेवा भावना भएका रोकाया दक्षिण कोरिया स्थित बिभिन्न सामाजिक संघ संस्थाहरुमा लामो समय देखि सक्रिय हुदै आएका छन् ।
सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसानका अध्यक्ष समेत रहेका रोकायाले नेपालको दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरुको शिक्षा , स्वास्थ्यमा टेवा पुरयाउनका लागी सामाजिक अभियान मार्फत सेवा गर्ने बताए ।
आफ्नो उपाध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै रोकायाले कोरियामा सिकेको सिपलाई नेपालमा भित्र्याई लगानी मैत्री बाताबरण निर्माण गर्नका लागी सामाजिक अभियानको थालनी समेत गर्ने बताएका छन् । लोप हुदै गएको नेपालको मौलिक संस्कृतीलाई जोगाउन र हाम्रा साँकृतिक सम्पदाको संरक्षण र सम्र्बधन गर्न जागरण अभियानको थालनी गर्ने समेत रोकायाको भनाई छ ।
कोरियामा रहेका श्रमिक साथीहरुको सन्जाल बिस्तार गरि उनिहरुका समस्याहरुलाई न्युनिकरण गर्न बिभिन्न सरोकार राख्ने निकायहरु संग आबस्यक समन्वय गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । रोकायाले नेपालमा हुने दैबिक बिपत्ती र सामाजिक तथा आर्थिक रुपले बिपन्न बर्ग र कोरियामा बस्ने श्रमिक साथीहरुको समास्यालाई हल गर्न आपतकालिन उद्धार कोषको स्थापना गरि सामाजिक अभियान मार्फत समाजसेबामा तल्लिन भएर लाग्ने प्रतिबद्धता समेत गरेका छन् ।
रोकायाले गैर आबासिय नेपाली संघ मार्फत बिदेशमा रहेर ब्यबसाय गरि रहेका नेपालीहरुलाई स्वदेशमा लगानी गरि आत्मनिर्भरता तिर लिन अभियान चलाउने समेत बताएका छन् । नेपालमा भएका कृषी , पर्यटन , उर्जामा निजी क्षेत्रको लगानी जोड दिन सघं मार्फत पहल गर्न आफ्नो उम्मेदवारी रहेको समेत बताए उनले आफ्नो उम्मेदवारीको औचित्य समेत स्पष्ट पार्दै नेपाली श्रमिकहरुले बिदेशमा बसेर धेरै दुख पाई रहेको स्मरण गर्दै दक्षिण कोरियामा बस्ने सबै नेपालीले एकताबद्ध भएर लागे सबैका समस्याहल हुने धारणा समेत राखे ।
सानै देखि समाजसेवामा लागेका रोकायाले गैर आबासिय नेपाली संघ दक्षिण कोरियाको उपाध्यक्षमा सहयोग गर्न सम्पूर्ण लाई अपिल समेत गरेका छन् । उनले आफ्नो सानै उमेर देखिको समाजसेवा र लगनशिलताका कारण सबै साथीहरुको सहनुभूती भएकाले आफ्नो बिजय सुनिश्चत भएको उनले दाबी गरे । अधिबेसन सेप्टेम्बर २१ र २२ गते दक्षिण कोरियामा हुदै छ ।




प्रतिक्रिया