काठमाण्डु – सामाजिक अभियन्ता शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ ।
कुटपिट तथा अङ्गभङ्गको कसुरमा पक्राउ परेकी उनीमाथि अनुसन्धान गर्न अदालतले थुनामा राख्ने अनुमति दिएको हो ।
अभियन्ता वाइबालाई प्रहरीले बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेकोमा बुधबारदेखि नै गणना हुने गरी ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अभियन्ता वाइबाविरुद्ध कलाकार पवन खतिवडा ‘म्याकुरी’ले प्रहरीमा जाहेरी दिँदै आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।
केही दिनअघि वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगाहरू पवन बसेको घरभित्र गएर हातपात गरेको घटना सार्वजनिक भएको थियो ।




प्रतिक्रिया