काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू कुनै पनि गुटमा नरहेको बताएका छन् । काठमाण्डुको भृकुटीमण्डपमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफू कुनै गुटमा नरहेको बताएका हुन् ।
त्यसैगरी कोइरालाले आफूले पार्टीभित्र ग्रुपिजम अन्त्य गर्न चाहेको पनि जनाए । उनले भने, ‘म कुनै पनि गुटमा छैन । सायद त्यही भएर होला मेरो नाम दुवैको प्यानलमा छ । म ग्रुपिजम अन्त्य चाहन्छु ।’ महामन्त्री कोइरालाले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया