काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता नहुने बताएका छन् । संविधानमै उल्लेख गरिएको यो विषयमा उनले यसअघि पनि असन्तुष्टि जनाउँदै आएका थिए ।
“धर्म निरपेक्षता होइन सापेक्ष हुनुपर्छ । धर्म त स्वतन्त्र हुन्छ।,” कांग्रेसको १४ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने । त्यसैगरी उनले कांग्रस पार्टी बलियो बनाउन सबैले एकजुट हुनुपर्ने बताएका छन् ।
कोइरालाले सिद्धान्तको लडाइँ समाप्त भएको बताए । ‘नयाँ संविधान हामीले दियौं, सुशील कोइरालाले दिनुभयो। त्यही संविधानमा अडेर हामी अगाडि बढ्नुपर्छ। संविधानमा केही त्रुटिहरु होलान् । संविधान कुनै लकिरको फकिर हुँदैन । संविधानमा परिवर्तन हुँदै जान्छ,’ उनले भने।




प्रतिक्रिया