काठमाण्डु – प्रमुख प्रतिपक्षी दल न्पाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनताले फ्यालेको राजतन्त्र कुनै पनि हालतमा नफर्किने बताएका छन् । सोमबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले हिन्दुराष्ट्र भनेको राजतन्त्र फर्काउने नभएको बताएका हुन् ।
‘हाम्रो पार्टीले बहुमत ल्यायो भने भोलि हामी जनमतसंग्रह गर्न तयार हुनुपर्छ, जनताको माग पनि त्यही छ,’ कोइरालाले भने, ‘हिन्दुराष्ट्र भनेको राजतन्त्र फर्काउने हैन, राजतन्त्र फर्किँदैन पनि ।’
त्यस्तै उनले कोइराला परिवारबाट एक जना सभापतिको उम्मेद्वार बन्ने बताएका छन् । महामन्त्री कोइरालाले डा. शेखर कोइराला, सुजाता कोइराला र आफूबीच सल्लाह गरेर नै एक जना कांग्रेस सभापतिको उम्मेद्वार बन्ने बताएका हुन् ।
‘हामी कोइराला परिवारमा तीन जना उम्मेदवार हुने व्यक्ति छौं, हामी बसेर सल्लाह गरिकन नै एक जना उम्मेदवार बन्छौं,’ उनले भने ।
पार्टीको देशव्यापी आन्दोलनमा सहभागी हुन विराटनगर पुगेका महामन्त्री कोइरालाले सरकार भ्रष्टाचारमा लिप्त भएकाले बाध्य भएर सडकमा आउनु परेको बताएका हुन् ।




प्रतिक्रिया