नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छः शशाङ्क कोइराला

नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छः शशाङ्क कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन् ।

उनले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताए । प्रतिनिधिसभाका सदस्य डा कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’

उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए । फरक प्रसङ्गमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।