माओवादी र प्रचण्डले सधैं धोकाधडीको राजनीति गर्छन् : डा. कोइराला

माओवादी र प्रचण्डले सधैं धोकाधडीको राजनीति गर्छन् : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको पार्टी नेकपा माओवादी केन्द्रले सधैं धोकाधडीको राजनीति गर्दै आएको आरोप लगाएका छन् ।

आज सोमबार पूर्वी नवलपरासीको पिठौलीमा प्रजातन्त्र सेनानी एवं कांग्रेस नेता कुमबहादुर गुंगको शोकसभामा बोल्दै उनले प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए पनि त्यो गठबन्धन सरकारको भविष्य लामो नरहेको ठोकुवा गरे ।

उनले भने, ‘गिरिजाबाबुले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुभयो तर उहाँलाई नै माओवादीले धोका दियो । कहिले एमालेलाई, कहिले कांग्रेसलाई, र जनतालाई, सधैं धोका मात्रै दिएर उहाँको राजनीति चलिरहेको छ । धोकाधडीबाट आएको यो सरकार धेरै टिक्नेवाला छैन ।’

राष्ट्रपति बनाउने भन्दै गिरिजाप्रसाद कोइरालालाई धोका दिएका प्रचण्डले यसपटक राष्ट्रिय सभाको अध्यक्ष बनाउँछु भनेर कृष्णप्रसाद सिटौलालाई धोका दिएको उनको आरोप छ ।