कांग्रेस नेताको भारत दौडधुपः महामन्त्री कोइरालासहितको टोली भारत जाँदै

कांग्रेस नेताको भारत दौडधुपः महामन्त्री कोइरालासहितको टोली भारत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहितको टोली भारत जाने भएको छ ।

कोइराला नेतृत्वको टोली आज भैरहवामार्फत भारतको मुम्बई जाने भएको हो । सह–महामन्त्री प्रकाशशरण महतको टोली फर्किएलगत्तै डा. कोइरालाको टोली भारत जान लागेको हो ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीकाअनुसार टोलीमा पूर्वमन्त्रीद्वय दीपक खड्का र दीपक गिरी पनि रहनेछन् ।

दिल्लीमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र मुम्बईमा उपचाररत कर्मा घलेलाई भेट्ने कार्यक्रम रहेको छ । घले मुम्बईमा उपचाररत छन्।