प्रचण्ड असफल भइसकेकाले माधव नेपाललाई तत्काल प्रधानमन्त्री बनाऔं : शशांक कोइराला

प्रचण्ड असफल भइसकेकाले माधव नेपाललाई तत्काल प्रधानमन्त्री बनाऔं : शशांक कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असफल भइसकेकाले अब पूर्व सहमतिअनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तत्काल प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

बिहीवार नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले सरकारको काम गराइबाट कोही पनि सन्तुष्ट नरहेको बताउँदै अब कुनै ढिलो नगरी नेता नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री नै सरकारको कामबाट सन्तुष्ट हुनुभएको छैन । यस्तो भनेको अब प्रचण्ड नेतृत्वको सरकार असफल भयो भन्ने हो । त्यसैले कुनै ढिलो नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।’

मुलुकमा आर्थिक सुधारमा कुनै काम नभएको भन्दै कांग्रेसका पूर्व महामन्त्री समेत रहेका कोइरालाले सरकार परिवर्तन गरेर नागरिकलाई नतिजा दिनुपर्ने बताए । गठबन्धनको सरकारमा नेता नेपालपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने उनले बताए ।

यसअघि कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धनमा प्रचण्डपछि नेपाल र त्यसपछि सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेका थिए ।

अब माधव नेपाल प्रधानमन्त्री बन्ने कांग्रेस नेता निधिको खुलासा