भारतीय अभिनेता शशी कपुरको निधन, जसले थिएटरबाट कलाकारिता थालेका थिए

भारतीय अभिनेता शशी कपुरको निधन, जसले थिएटरबाट कलाकारिता थालेका थिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय अभिनेता शशी कपुरको निधन भएको छ।

 

शशीको ७९ वर्षको उमेरमा सोमबार मुम्बईको कोकिला बेन अस्पतालमा निधन भएको हो।

 

 

शशीको निधनसँगै बलिउडमा प्रसिद्ध ‘कपुर खानदान’का अग्रज पृथ्वीराज कपुरका छोरा पुस्ताको अन्त्य भएको छ। शशी राज कपुर र शम्मी कपुरका भाइ थिए।

 

 

शशीका एक छोरी संजना र दुइ छोरा कुणाल र करण छन्। उनकी श्रीमती जेनिफर केन्डलको क्यान्सरका कारण सन् १९८४ मै निधन भएको थियो।

 

 

शशीले थिएटरबाट कलाकारिता सुरु गरेका थिए। सन् १९४४ देखिनै पिता पृथ्वीराज कपुरका साथ उनले अभिनय सुरु गरेका थिए।

 

 

सन् १९६०-७० को दशकमा भारतीय फिल्मी उद्योगमा तहल्का मच्चाएका कपुरले अभिनय गरेको जब(जब फूल खिले, कन्यादान, शर्मिली, आ गले लग जा, रोटी कपडा और मकान, चोर मचाए शोर लगायतका चलचित्र निक्कै मन पराइएका थिए।

 

शशीलाई सन् २०११ मा पध्म भुषण र सन् २०१५ मा दादा साहेव पुरस्कार प्रदान गरिएको थियो।

 

शशी कपुरले केहि अंग्रेजी सिनेमामा पनि अभिनय गरेका थिए।