काठमाण्डु– चुनाव नजिकिँदै आएसँगै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती बढाएको छ। चीन र भारतको सीमा क्षेत्र नजिकको दार्चुलाको छाङ्गरु क्षेत्रमा सशस्त्र गस्तीलाई निरन्तता दिएको हो ।
छाङ्गरु क्षेत्रमा हिमपातले तापक्रममा माइनसमा गएको भए पनि सशस्त्र प्रहरी टोलीले गस्ती गरिरहेको छ ।
माइनस १२ डिग्रीको चिसोमा सशस्त्र प्रहरी बल ५० गुल्म छाङ्गरुको नियमित सुरक्षा गस्ती गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ।








तस्विर : एपिएफ




प्रतिक्रिया