कोरोना महामारीमाथि बिजय प्राप्त गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखौं : नेता बस्नेत

कोरोना महामारीमाथि बिजय प्राप्त गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखौं : नेता बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतले कोरोना महामारीमाथी विजय प्राप्त गर्ने विषयलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा शुक्रवार स्टाटस लेख्दै पुर्व गृहमन्त्री समेत रहेका नेता वस्नेतले सत्तारुढ दल नेकपा एमालेको एकतालाई संकेत गर्दै बिचारधारत्मक एवंम राजनीतिक कार्यदिशा नै प्रमुख कुरा भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘आखिर बिचारधारात्मक एवम राजनीतिक कार्यदिशा नै प्रमुख कुरा हो । एकता र बिभाजनको सर्त पनि त्यहि हो । कार्यदिशालाई थप स्पस्ट गरौं, दृढतापुर्वक कार्यान्वयनमा जाऔं। ईमान र निष्ठालाई जोगाऔ,जनसमुदायलाई गोलबन्द गरौं,मुलुकको सम्बृद्धि, स्वाधिनता र सामाजिक न्यायको झण्डालाई अझ माथि उठाऔं। यतिबेला कोरोना महामारीमाथि बिजय प्राप्त गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखौं।’