पार्टीभित्रको गुट त्याग्न शेखर कोइरालाकाे आग्रह

पार्टीभित्रको गुट त्याग्न शेखर कोइरालाकाे आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा गुट उपगुट छाड्नुपर्ने बताएका छन् । भक्तपुर नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनमा सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र गुट उपगुट अझै पनि रहेकाले गुटकै कारण पार्टी समाप्त हुने बताएका हुन् ।

‘ नेपाली कांग्रेसमा केही गुट छैन भनेर भन्दिन अहिले पनि छ तर अब पनि हामी गुट उपगुट गरेर हामी अगाडि बढ्न थाल्यौं भने हामी समाप्त हुन्छौं ।’, उनले भने ।

त्यस्तै कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउन अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको बताए ।

‘तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मशी सुक्न नपाउँदै माफी दिनुभयो। हामी जस्ताले त्यसलाई कसरी हेर्ने ?,’ उनले भने, ‘यी कुराहरू अत्यन्त गम्भिर हुन्छन् भोलीका दिनमा। सरकार टिकाउन यी कुराहरू गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरूरी छ।’