प्रधानमन्त्री प्रचण्डले देशलाई द्वन्द्वमा लैँजान खोजे, अब विकल्प खोज्नुपर्छः शेखर कोइराला


काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्नुपर्ने बताएका छन् ।

बिपी कोइरालालको ११०औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हेटौँडा पुगेका नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्नुपर्ने समय आएको बताएका हुन्। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरू देशलाई द्वन्द्वमा लैजाने खालको भएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजाति दिवसको दिन हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौँ भन्नुभयो । सुर्खेतमा एक–डेढ महिनाभित्र हामी डेढ–दुई लाख मान्छे सडकमा उतार्छौँ भन्नुभयो। यो देशको प्रधानमन्त्रीले दिने अभिव्यक्ति होइन। यो त गैरजिम्मेवार अभिव्यक्ति हो । नेपालमा पछिल्ला समय विभिन्न वहानामा द्वन्द्व फैलाउने प्रयास भइरहेको छ। त्यसमा प्रधानमन्त्रीले जुन कुरा राख्नुभयो त्यसले झनै अप्ठ्यारो पार्छ,’ उनले भने।

नेता कोइरालाले कांग्रेसकै समर्थनमा बनेको सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र पनि छलफल हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement