शेखर कोइरालाको सम्पर्क कार्यालयमा संस्थापन इतरको बैठक बस्दैँ


काठमाण्डु- संस्थापन इतरका नेता शेखर कोइरालाले बालुवाटार सम्पर्क कार्यालयमा बैठक बोलाएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापन इतर समूहले छुट्टै बैठक बोलाएको हो।

आगामी रणनीति तय गर्न संस्थापन इतर समुहले मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाएको जनाइएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ।

२०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित हुन्। २०८२ मा हुने १५औं महाधिवेशन आफ्नो पोल्टामा पार्न शेखरले संस्थापन इतरलाई बलियो बनाउने गरी शेखर अगाडि बढिरहेका छन्। ्

प्रतिक्रिया दिनुहोस
Advertisement