शेखर कोइराला समुहको अलग्गै बैठक बस्दै

शेखर कोइराला समुहको अलग्गै बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु- नेपाली कांग्रेसका नेता शेखर कोइराला समुहको अलग्गै बैठक बस्दैछ । असोज ४ गते देखी सुरू हुने केन्द्रीय कार्यसमिति बैठकअघि कोइरालाले आफ्नो समूहको अलग्गै बैठक बोलाएका हुन ।

कोइराला निकटका अनुसार उनको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । जुन बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतका नेतालाइ पनि आमन्त्रण गरिएको छ । नेताहरूका अनुसार १४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुने छन् ।