कांग्रेस नेता डा. कोइरालाको प्रश्न : हाम्रो संविधान राम्रो छ तर पिपुलले के पाए ?


काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राम्रो संविधान बनेर पिपुल (जनता) ले के पाए भनेर प्रश्न गरेका छन् ।

बीपी साहित्य महोत्सवमा बोल्दै नेता कोइरालाले जनताको अपेक्षाअनुसार काम नभएको बताए ।

‘संविधान बनायौं । अपार जनआन्दोलन–२ त भुतो न भविष्य भन्छु, बिरलै हुन्छ यस्तो, जुन बेला आन्दोलन भयो । गणतन्त्र आयो, लोकतन्त्र आयो, संघीयता आयो तर जनताले के पाए त ? मेन कुरा त के हो ?’ उनले भने, ‘संविधान राम्रो छ समावेशिता छ सबै चीज छ, त्यतिमै हामी दंग छौं र हामी हरेक असोज ३ गते मनाउँछौं पनि तर पिपुलले के पाए त ? बेरोजगारी, शिक्षाको हाल हेरौं, रोजगारीका हाल हेरौं । हामी खुशी त रेमिट्यान्स आउँछ भनेर दंग छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement