काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरूको मिलेमतो रहेको दाबी गरेका छन् ।
ओखलढुंगामा आयोजित पार्टीको कार्यक्रममा कोइरालाले तीनै पक्षको संलग्नता विना राज्यलाई घाटा हुने गरी एनसेलको शेयर खरिद–बिक्री सम्भव नहुने बताए ।
उनले भने, ‘यो राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई सम्भव हुँदैन ।’
सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै उनले भने, ‘हामीले नेताहरूलाई प्रश्न गरेका छौं, एनसेल बिक्री प्रकरण किन भयो ?’
दिनदिनै देशमा भ्रष्टाचार बढ्दै गएको उनले बताए । नागरिकमा देखिएको असन्तुष्टिको कारण भ्रष्टाचार रहेको उनले बताए ।




प्रतिक्रिया