काठमाण्डु – नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षको बैठकमा केन्द्रीय उपसभापति, महामन्त्री लगायत नेताहरू सहभागी भएका छन् ।
काठमाण्डुको बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बैठक सुरु भएको छ ।
बैठकमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेताहरू अर्जुननसिंह केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी सहभागी छन् ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएपछि संस्थापनइतर पक्षले साझा धारणा बनाउन तयारी थालेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गर्ने लगायत विषयमा छलफल गर्न कांग्रेसको बैठक बस्दैछ ।




प्रतिक्रिया