डा. शेखर कोइरालालाई ‘वरिष्ठ नेता’ बनाउन कांग्रेस महासमिति बैठकमा माग

डा. शेखर कोइरालालाई ‘वरिष्ठ नेता’ बनाउन कांग्रेस महासमिति बैठकमा माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको महासमिति बैठकमा संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालालाई पार्टीको ‘वरिष्ठ नेता’ बनाउन माग भएको छ ।

ललितपुरको गोदावरीस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा जारी कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल गर्ने क्रममा रौतहटका प्रतिनिधि शेख वकिलले कोइरालालाई वरिष्ठ नेता बनाउने माग गरे ।

मधेशका विकासका लागि कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै उनले आपत्ति जनाए । उनले भने, ‘नेताहरू ठूला–ठूला कुरा गर्छन्, मधेशको विकासको निम्ति केही बोल्दैनन्,’ उनले थपे, ‘सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्छ । शेखर कोइरालालाई वरिष्ठ नेता दिनुपर्छ ।’

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।