काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादीसँग गरेको गठबन्धन पार्टीलाई महँगो साबित भएको बताएका छन् । आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै विगतमा माओवादीसँग गरेको गठबन्धन कांग्रेसलाई महँगो साबित भएको बताएका हुन् ।
‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो । तर, हिजोको घटना सामान्य होइन । कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो ।’, माओवादी, नेकपा एमालेलगायतसम्मिलित नयाँ सत्ता गठबन्धन बनेर राजनीतिक परिस्थिति फेरिएपछि नेता कोइरालाले भनेका छन् ।
उनले सत्ता गठबन्धन तोडिनुमा कांग्रेसका नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्ने आशंकासमेत व्यक्त गरेका छन् । ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ,’ उनले लेखेका छन् ।
नेता कोइराला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम नर्गन नसकेको भन्दै प्रचण्डप्रति पटक पटक कटाक्ष गरिरहेका हुन्छन् ।




प्रतिक्रिया