काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । शनिवार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले नैतिकताको आधारमा गृहमन्त्री लामिछानेले एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका हुन् ।
‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने ।
उनले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाण्डुका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए ।सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको कोइरालाकाे भनाइ छ ।




प्रतिक्रिया