मंगलबार बिहानसम्म संसदीय दलमा शेखर र गगनले सहमति जुटाउनु पर्ने

मंगलबार बिहानसम्म संसदीय दलमा शेखर र गगनले सहमति जुटाउनु पर्ने


काठमाण्डु- नेपाली कांग्रेसको शेखर कोइराला समूहलाई संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन सकस परेको छ । नेताद्वय शेखर कोइराला र गगन थापाले संसदीय दलको नेतामा दावी गर्ने बताएका छन् ।

कांग्रेसको निर्वाचन समितिले संसदीय दलको नेताका लागि भोलि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । यसैबीच सोमबार बिहान डा. शेखर र महामन्त्री थापाबीच कुराकानी भएको हो ।

कोइरालासँग थापाले आफूलाई संसदीय दलको नेतामा सहयोग गर्न आग्रह गरेका थिए । तर, कोइरालाले नमाने पछि यी दुईबीच सहमति जुट्न सकेन । शेखर कोइराला समुहका नेताहरु शेखर र गगन मध्ये एउटाले मात्र उम्मेदवार बन्नुपर्ने माग गरेका छन् ।

उक्त समुहका नेताहरुका अनुसार सहमति खोज्न गगन र शेखरलाई मंगलबार बिहानसम्मको समय दिइएको छ । यसबारेमा टुंगो लगाउन मंगलबार बिहान बैठक बस्ने पनि जनाइएको छ ।