काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले बिभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरे ।
कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरू सक्रिय भएको बताउँदै कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको बताएका छन् । उनले राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो कांग्रेसको आवश्यकता रहेको बताए ।
उनले भने, ‘यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्यो ।’ जे कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्किन कोइरालाले आग्रह गरेका छन् ।
‘हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ–आफ्नो कमी–कमजोरी स्वीकार्दै पार्टी बलियो बनाउन लागौं,’ उनले भने ।




प्रतिक्रिया