रविले सहकारीको रकम ठगेको छ, सजाय हुनुपर्छ : नेता डा. कोइराला

रविले सहकारीको रकम ठगेको छ, सजाय हुनुपर्छ : नेता डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको बताउँदै उनलाई सजाय हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाण्डुमा पार्टीका नेता–कार्यकर्तासँगको छलफलमा उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको बताए ।

उनले सहकारीको रकम ठगे पनि मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताए । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा सभापति लामिछानेलाई रातारात पोखरा पुर्‍याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताएको उनले स्पष्ट पारे ।

उनले भने, ‘कांग्रेसीहरूले जबसम्म मानव अधिकारका कुराहरू बुझ्दैनौं, तबसम्म हामी कांग्रेसी हुँदैनौं । ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि ! राति उठाएर लगिदिने पोखरा र पुलिसले, गृह मन्त्रालयले यो भन्ने कि हामी प्रोटेक्सन लिन सक्दैनौं । किन लगेको थियो त ? प्रोटेक्सन दिन सक्दैन भने चितवनमा ? कुरा त्यो हो ।’