सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथिको राज्यको प्रहार सह्य हुँदैन : डा. कोइराला

सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथिको राज्यको प्रहार सह्य हुँदैन : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथिको राज्यको प्रहार सह्य नहुने बताएका छन् ।

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य छैन ।’

उनले थप भनेका छन्, ‘अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरु केही हुनै सक्दैन ।’