कांग्रेसभित्र उठ्यो सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिनुपर्ने आवाज

कांग्रेसभित्र उठ्यो सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिनुपर्ने आवाज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी पुस्ताले सोमबार काठमाण्डुमा परेको प्रदर्शनमा सरकारले दमन गरेपछि सत्तारुढ दल नेपाली कांग्रेसभित्र सरकारबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको छ ।

कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले काठमाण्डुपाटीसँग कुरा गर्दै सरकारको औचित्य समाप्त भएको दाबी गरे ।

‘जेनजीको आन्दोलनमा गोली चलाउनुपर्ने जरुरी थिएन,’ उनले भने, ‘सामाजिक सञ्जाल बन्द गरेर सरकारले धेरै युवाको रोजगारीमाथि प्रहार गरेको थियो, त्यसैले विरोध भएको हो ।’

देशमा भ्रष्टाचार बढिरहेकाले युवा पुस्ता सडकमा आउनु स्वाभाविक भएको उनको प्रतिक्रिया छ । वर्तमान सरकारको कार्यशैली ठीक नभएकाले कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिनुपर्ने उनको माग छ ।

प्रदर्शनमाथि दमन हुँदा आन्दोलन हिंसात्मक बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।