शिखर इन्स्योरेन्सको वार्षिकोत्सवमा कर्मचारी सम्मानित

शिखर इन्स्योरेन्सको वार्षिकोत्सवमा कर्मचारी सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।

कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्कासहित प्रमाणपत्र प्रदान गरी उनीहरूको समर्पण, मेहनत र दीर्घकालीन योगदानको प्रशंसा गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा देशभर आयोजित रक्तदान कार्यक्रममा १४३९ युनिट रगत संकलन गरिएको थियो । शिखर इन्स्योरेन्सले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहकमैत्री सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै उत्कृष्ट, भरपर्दो र नवप्रवर्तनयुक्त बीमा सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।